|

तनहुँ :भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको क्वारेन्टाइनमा तोडफोड भएको छ। बिहीबार राति क्वारेन्टाइनमा बस्नेले घर जान नपाएको र पीसीआर रिपोर्ट नआएको भन्दै तोडफोड गरेका थिए। 

तोडफोडबाट क्याम्पसको झ्याल, सिसा र कुर्सीमा क्षति पुगेको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए। क्वारेन्टाइन भएको क्याम्पस भिमाद बजारको छेउमा रहेको छ। 
सुरक्षाकर्मीलाई छलेर क्वारेन्टाइनमा बस्नेलाई आफन्तले मदिरा र सुर्तीजन्य पदार्थ पु¥याउने गरेको बताइएको छ। 

क्वारेन्टाइनमा बस्नेका आफन्त लुकीछिपी त्यहाँ पुग्ने गरेका अध्यक्ष आलेले बताए। ‘लामो समयसम्म क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर रिपोर्ट नआउँदा आन्दोलनसँगै तोडफोडमा उत्रिएछन्,’ उनले भने, ‘रातको समयमा क्याम्पसमा भएको तोडफोडबाट ठूलै क्षति पुगेको छ।’

‘क्वारेन्टाइनमा बसेकालाई आफन्तले रातको समयमा मदिरा लगिदिएका हुन सक्छ, तर कसले त्यहाँसम्म पु¥यायो भन्ने कुरा भने स्पष्ट भएको छैन, लामो समयदेखि रिपोर्टको पर्खाइमा बसेकाले उग्र भएका तोडफोडमै उत्रिएछन्,’ उनले बताए। तर अहिले अवस्था सामान्य भएको छ। 

घटनालाई लिएर नगरपालिकामा शुक्रबार सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा क्वारेन्टाइनमा खाना खाजाको राम्रो व्यवस्थापन, क्वारेन्टाइनको संख्या बढाई क्षमताअनुसार राख्न सुझाव दिइएको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए। 

जनज्योति क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा ७२ जना बस्दै आएका छन्। करिब २ हप्ता हुन लाग्दासमेत रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु तोडफोडमा उत्रिएका भिमाद स्वास्थ्य शाखा प्रमुख बरालले बताए। 

‘तोडफोड गर्ने एक युवालाई सामान्य चोट लागेको छ, नगरपालिकाको स्वास्थ्य चौकीमा लगेर उपचार गरेका छौं, अवस्था सामान्य छ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.