|

भारतमा गत वर्ष युद्धग्रस्त अफगानिस्तान र इराकमा भन्दा धेरै बम विस्फोटका घटना भएको एक प्रतिवेदनले देखाएको छ। भारतको नेशनल बम डाटा सेन्टरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको वर्ष ४ सय ६ वटा विस्फोटका घटना भएका थिए। जसमा अत्याधुनिक र उच्च प्रविधियुक्त विस्फोटक पदार्थ प्रयोग भएका घटना धेरै छन्।

सेन्टरले भारतमा भएका विस्फोटमा मृत्यु हुने वा घाइते हुनेको संख्या भने प्रतिवेदनमा नखुलाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। एक वर्षको अवधिमा इराकमा २ सय २१ र अफगानिस्तानमा १ सय ३२ वटा विस्फोट भएको तथ्याङ्क छ।

खुला स्रोतका आधारमा तयार गरिएको भनिएको प्रतिवेदन अनुसार बम विस्फोटका घटना धेरै हुने देशको सूचीमा पाकिस्तान पनि छ। त्यहाँ एक वर्षको अवधिमा १ सय ६१ वटा विस्फोटका घटना भएका छन्। द्वन्दबाट अतिप्रभावित सिरियामा भने जम्मा ५६ वटा विस्फोटका घटना भएका प्रतिवेदनमा दाबी गरिएको छ।

भारतमा भएको विस्फोटमा ५५ प्रतिशत सुरक्षा फौज, ४१ प्रतिशत प्रहरी र ४ प्रतिशत विशिष्ट व्यक्तिलाई लक्षित गरिएको पाइएको छ। गएको वर्ष अरु ठाउँभन्दा जम्मु काश्मीरमा अघिल्लो वर्षको तुलनामा विस्फोटका घटना बढेका छन्।

हिज्बुल मुजाहिद्धिनका कमाण्डर बुरहान बानीको मृत्युपछि विष्फोटका घटना तीव्ररुपमा बढेको र यी घटनामा सुरक्षा फौजलाई निसाना बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.