|

काठमाडौं : 'यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस् ..।' रेडियो नेपालबाट अब यो आवाज सुनिने छैन। किनकी गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन्।

गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो। रेडियो नेपालमा अधिकृतस्तर भन्दा माथिका कर्मचारीले राजनीतिक दलमा प्रतक्ष्य संलग्नता जनाउन नपाउने नियम छ।

कोमल राप्रपाको राजनीतिमा सक्रिय भएपछि राजनीति र जागिरमध्ये एक रोज्न उनलाई नैतिक दबाब परेको थियो। त्यसपछि उनले स्पष्टिकरणको साटो राजीनामा पत्र बुझाएकी छन्।

रेडियो नेपाललबाट राजीनामा दिनुको कारणबारे उनले थाहा खबरलाई भनिन्, 'पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ।' वली राप्रपाको केन्द्रीय सदस्य हुन्।

पढ्नुस्: राप्रपामा किन प्रवेश गरिन् गायिका कोमल वली?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.