|

काठमाडौं : डडेलधुराको ठूलोखोलामा बुधबार बिहान भएको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। भागेश्वरबाट सदरमुकामतर्फ जाँदै गरेको से १ ज ८३३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, डडेलधुराले जनाएको छ।

बिहान पौने १२ बजे भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै र गम्भिर घाइते भएका दुई जनाको उपचारको क्रममा लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य पाँच जना घाइतेको उपचारको लागि सदरमुकामतर्फ ल्याइदै गरेको पनि प्रहरीले जनाएको छ।

जीपमा ११ जना यात्रु रहेको र दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.