|

हालसम्म विश्वमा झन्डै ९० लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ। ती मध्ये लगभग ४८ लाख निको भएका छन्, ३६ लाखभन्दा धेरै मानिस सामान्य अवस्थामा छन् भने १ प्रतिशत मात्र अर्थात् लगभग ५५ हजार व्यक्ति गम्भीर बिरामी छन्।

विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भीर किसिमको दीर्घरोग छ, उनीहरूमध्ये लगभग २० प्रतिशतको मृत्यु भएको छ। तसर्थ कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर वैज्ञानिक पुष्टि भएको छ।

कोरोना संक्रमणबारे यी तथ्यहरूले के बताउँछन् भने हामी सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैनसबै संक्रमित व्यक्तिले कोरोना सार्न सक्दैनन्। लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अनुसन्धान तथा बर्न युनिभर्सिटीको अध्ययन अनुसार १० – २० प्रतिशत संक्रमित व्यक्तिले मात्र संक्रमण सार्न सक्छन। जसलाई सुपर स्प्रेडर भनिन्छ।

मास्क लगाएर हिँड्दा, संक्रमितसँग छोटो कुरा गर्दा तथा मास्क लगाएर भीडलाई अत्यन्तै छिटो गतिले पार गर्दा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ।
फलफुल, तरकारी, दुधको प्याकेट, खाद्यान्न आदिलाई सामान्य सफा गरेर प्रयोग गर्दा तथा साबुनपानीले हात धोएर प्रयोग गर्दा कोरोना संक्रमण सर्दैन। पानीबाट कोरोना संक्रमण सर्दैन।

खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ। झ्यालढोका लगाएको तथा वातानुकुलित प्रयोग हुने बन्द कोठामा कोरोना भाइरस केही घण्टा रहन सक्छ।
अध्ययनले देखाए अनुसार कोरोना भाइरस १-२ व्यक्तिको सम्पर्कले भन्दा भीडभाड वा बन्द कोठामा हुने भेलाले सर्ने सम्भावना धेरै हुन्छ।

लक्षण नदेखिने कोरोना संक्रमित व्यक्तिबाट अन्य व्यक्तिलाई रोग सर्ने दर एकदम कम हुन्छ। एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमण हुँदैन। संक्रमण भएपनि अरुलाई सार्न सक्दैन तथा स्वयंलाई पनि खतरा हुँदैन भनेर कोरिया तथा चीनमा भएका अध्ययनले पुष्टि गरेका छन्।

कोरोना संक्रमण भएको व्यक्तिले संक्रमण भएको ११ दिनपछि अन्य व्यक्तिलाई सार्न सक्दैन भनेर सिंगापुरमा भएको अध्ययनले पुष्टि गरेको छ। यसमा केहि अपवाद हुनसक्छ। एकपटक संक्रमण भएर निको भएको व्यक्तिको शरीरमा कोरोना संक्रमणसँग लड्न सक्ने एन्टिबडी तयार हुन्छ। त्यसपछि उक्त व्यक्ति मास्क नलगाइ आफ्नो काम गर्न, निर्धक्क भएर हिँडडुल गर्न सक्छ।
हामीले थाहा पाएर वा नपाएर एकपटक संक्रमण भएपछि हाम्रो शरीरले यो भाइरसलाई परास्त गर्ने एन्टिबडी बनाउँछ। जसबाट यो भाइरसको पुन खतराबाट बच्न सकिन्छ।

इम्युनिटी कति समय रहन्छ भन्ने बारे निर्क्यौल नभएपनि १ देखि १० बर्ष रहन्छ भनेर बिभिन्न अध्ययनले देखाएका छन्। फ्रान्सका सामान्य संक्रमित १६० डाक्टर तथा नर्समध्ये १५९ जनाले ४१ दिनपछि गरिएको परीक्षणमा एन्टिबडी बिकास गरेको जनाइएको छ।
 कोरोना संक्रमित ९० प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफै निको हुन्छ। चीनको बुहानमा ४८५ जना कोरोना संक्रमितमाथि गरिएको अध्ययनले देखाएको छ कि संक्रमण भएको १० दिनभित्र रगतजाँचमा निम्न यी ३ अवस्था देखिएमात्र गम्भिर हुनसक्छन्।

LDH ( Lactic dehydrogenase ) नामक enzyme बढेमा WBC अर्थात lymphocytes को संख्या घटेमा High- sensitivity C-reactive Proteins, जसले स्वाश प्रश्वासमा सुजनको लागि भूमिका खेल्छन।
यी ३ अवस्था देखिएमा संक्रमित गम्भीर हुनसक्छ, अन्यथा हुँदैन भनेर अनुसन्धानले देखाएको छ। यसबाट उपचार व्‍यवस्थापनमा  सजिलो हुन्छ र मृत्युदर कम हुन्छ।
युनिभर्सिटी कलेज लन्डन ( UCL ) मा भएको अध्ययनले बताएको छ कि कोरोना भाइरसको म्युटेसन हुँदै जाँदा भाइरस कमजोर बन्दै गएको छ। नोबेल कोरोना भाइरसले उत्पादन गरेका २७३ म्युटेसन, जसमध्ये ४३ वटा सक्रिय छन। म्युटेसन भएका ३१ वटा प्रजातिको अध्ययन गर्दा ती भाइरस ओरिजिनलभन्दा कमजोर देखिएका छन्। स्वाभाविक रुपमा हामीले कमजोर भाइरसको सामना गर्नुपर्दा जोखिम कम हुन्छ।

अमेरिकाको यल युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएको छ कि फोहोरमा कोरोना भाइरस परीक्षण गर्दा ठूलो मात्रामा भाइरसको लोड देखिए त्यो सहरमा अर्को हप्ता संक्रमण ब्यापक हुनसक्छ। यसबाट आवश्यक रणनीति बनाउन सजिलो हुन्छ।

अक्सफोर्ड सेन्टर अफ एभिडेन्स मेडिसिन (CEBM ) का अनुसार कोरोना संक्रमणको वास्तविक मृत्युदर बढीमा ०.५ – १ प्रतिशत मात्र छ। उनीहरुका अनुसार मृत्यु हुनेमा अन्य रोगबाट मृत्यु भएका तर उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएका धेरै छन्। कोभिड १९ बाट मात्र मृत्यु हुनेको संख्या बढीमा ०.१ प्रतिशत र घटीमा ०.२६ प्रतिशत मात्र छ |
खोप आविष्कारको लागि लागिपरेका सयभन्दा बढी प्रयोगशालामध्ये चीन, अमेरिका, इटाली, इजरायल, बेलायत लगायतका देशका केहि प्रयोगशाला मानवमा परीक्षण गर्ने चरणमा पुगेका छन्। खोप पत्ता लाग्नासाथ आवश्यक पर्ने एम्पुल लगायत सबै सामग्री ठूलो मात्रामा तयार गरिएको छ।

खोप पत्ता लागेमा नाफारहित ढंगले वितरण गर्नको लागि धेरै ल्याब तथा च्यारिटी तयार भएर बसेका छन् कोभिड १९ को उपचारमा इबोला, जापानिज इन्फ्लुएन्जादेखि स्टेरोइड ( डेक्सामेथासोन ) को प्रयोगले गम्भिर हुने तथा मृत्यु हुने बिरामीको संख्या घटिरहेको छ परिक्षणको ठूलो दायरा, क्वारेन्टाइन, आइसोलेसन, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने, भीडमा नजाने लगायतका जनचेतनाको कारण कोरोना संक्रमण सर्ने, गम्भीर हुने तथा मृत्यु हुने दर घटिरहेको छ।


जनता अनुशासित भएका देश चीन, ताइवान, कोरिया, जापान, भियतनाम, कम्बोडिया, आयरल्याण्ड, आइसल्याण्ड, न्युजिल्यान्ड, सिंगापुर, अष्ट्रेलिया, भुटान आदि देशमा कोरोना संक्रमणको प्रभाव निकै कम छ। सरकार जिम्मेवार र जनता अनुशासित हुने देशमा कोरोना संक्रमणको ब्यबस्थापन निकै सजिलो भएको छ।
नेपालको परिप्रेक्षमा हेर्ने हो भने आजको मितिमा संक्रमित ९०२६ जना पुग्दा मृतकको संख्या २३ छ। अर्थात मृत्युदर आजसम्म ०.२५ प्रतिशत मात्र छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.