|

काठमाडौं : नेपालमा प्रणय दिवस भनिने भ्यालेन्टाइन्स डे कहिले पर्छ? यो प्रश्न तपाईँका लागि सामान्य हुन सक्छ। यसको जवाफ हो फेब्रुअरी १४। नेपाली क्यालेन्डर अनुसार यसपटक फागुन ४ गते (बुधबार) यो दिवस परेको थियो। राजधानी काठमाडौं सहित देशका प्रमुख सहरहरुमा यो दिवस मनाउनेको चहलपहल थियो।

यहाँ भ्यालन्टाइन्स डेको चर्चा भने गर्न लागिएको होइन। भ्यालेन्टाइन्स डेको एक अफरको हो। नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको भोलिपल्ट (बुधबार) विज्ञप्ति निकालेर नाइट भ्वाइस प्याकेज घोषणा गरेको छ।

अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकले २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज लिन सक्नेछन्। फागुन ३ गतेदेखि फागुन १७ गते सम्म लागू हुने यो प्याकेज सब्सक्राइब गरेको मितिबाट ७ दिनसम्म रहने छ। यो प्याकेजअन्तर्गत राति १० बजेदेखि बिहान ६ बजेसम्म फोन गर्न सकिनेछ। यो प्याकेज लिन VDAY टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्छ।  

टेलिकमले हरेक जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने भएको छ।

दुवै सीम वा रीममा ५० रुपैयाँ बराबरको टक टाइम उपलब्ध हुनेछ। यो अफर फागुन ३ गते देखि ५ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ। अफर कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुनेछ।

मिडियामा विज्ञप्ति बुधबार पठाइए पनि मंगलबार नै टेलिकमले पत्रपत्रिकाहरुमा सूचना निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.