|

झापा : दमक हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी रवि सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्य सुरु गरिएको २० वर्ष सम्म पनि पुरा हुन सकेको छैन। गत आर्थिक वर्षमा उक्त सडकलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेसँगै सडक निर्माण कार्यले गति लिएपछि भने स्थानीयमा केही आशा पलाएको छ।

झापाको दमकदेखि इलामको लारुम्बा, चिसापानी हुदै पाँचथरको रविसम्म ४७ किलोमिटर सडक निर्माण सुरु गरिएको २० वर्ष सम्म पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन । सडकको २०४९ सालमा मंसिर ६ गतेदेखी प्रारम्भिक सर्वेक्षण गरिएको थियो। 

सडक निर्माणको कार्यले तिव्रता पाएसँगै अब भने सडक निर्माणले पुर्णता पाउनेमा स्थानीय आशावादी देखिएका छन्। वषौंदेखी सडक निर्माण नहुँदा बर्खाको समयमा सो क्षेत्रका बासिन्दालाई अत्यन्त सास्ती हुने गरेको बाँझोका स्थानीय विशाल राई बताउँछन्।

सडक निर्माणको हालसम्म ट्याक खोल्ने पुल नभएका स्थानमा पुल निर्माण गर्ने कार्य भई रहेको उपभोक्ता समितिले जनाएको छ। सडक डिभिजन कार्यालय दमकले यो सडकलाई छुट्टै योजनामा राखेर इलामको बाँझोमा कार्यलय स्थापना गरि दिएसँगै आगामी वर्ष भित्रमा सवारीले खोलाको बाटो हिड्नु पर्ने बाध्यता अन्त्य हुने समितिका अध्यक्ष रेवतराज पुरी गगन बताउँछन्।

यो सडकलाई गत वर्ष सडक नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेपछि पुनः डिपिआर तयार गरिएको छ। जसमा १ अर्ब १६ करोडको डिपिआर तयार पारिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। अहिले सम्म सडकको ११ प्रतिशत मात्र काम पूरा भएको बताइएको छ। अहिले सडकको निर्माण कार्यले गति लिई रहेको सडक डिभिजन कार्यलय दमकका प्रमुख राजेश यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.