|

धनुषा : जनकपुरको जनक चोकमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का सह–संयोजक कलामुद्दिन राइन र महोत्तरी एकराहि २ का दलित नेता मिथिलेश्वर दास आमरण अनसनमा बसेको आज १४ दिन पुरा भएको छ। जनकपुरलाई आधुनिक सुविधा सम्पन्‍न स्मार्ट सिटी बनाउनुपर्ने उनीहरुको माग छ। 

उनीहरुलाई आज प्रमुख जिल्ला अधिकारी दिलिप चापागाइको नेतृत्वमा गएको सरकारी टोलीले अनसन फिर्ता लिन आग्रह गर्‍यो। तर, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले माग पुरा नभएसम्म अनसन फिर्ता नहुने बताए।

स्मार्ट जनकपुरको माग, प्रधानमन्त्रीसँग सिधा वार्ता

'बाँचे आधुनिक जनकपुर बनाउछु , मरे स्वर्गद्वारी लैजानु,' बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले सरकारी टोलीलाई जवाफ दिए। उनले विभिन्न मन्त्रालयसँग जोडिएको माग भएकाले प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताए।

जनकपुर क्षेत्रको बृहत्तर र व्यवस्थित विकासका लागि जनकपुर विकास प्राधिकरण बनाउन ऐनमा संशोधन गर्नुपर्ने लगायतका मागहरु उनीहरुले अगाडि सारेका छन्। त्यस्तै जनकपुर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, पाँच सय शैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षि जनक विश्वविद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उप–महानगरपालिकालाई समेट्ने गरी ६ लेन बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, जिम्मेवार अधिकारीहरुबाट जिल्लामा व्याप्त भ्रष्टाचारजन्य कार्य अविलम्ब रोक्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.