मृत्यु हुने क्षयोरोगका बिरामी थिए

|

सुर्खेत : कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारत दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
मृतक असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण देखिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले जानकारी दिए ।

‘उनी समुदायबाट उपचारमा आएका बिरामी हुन्, उनको फोक्सोमा पनि समस्या थियो’, उनले भने, ‘क्षयरोगको २ महिनादेखि औषधि खाइरहेको तर ठिक नभएकाले बिरामीको मृत्यु भएको हो।’ डा. पौडेलका अनुसार मृतकमा अन्य समस्या पनि थिए, साथमा कोरोना संक्रमण पनि देखिएको थियो। 

‘गएको असार ३ गते प्रदेश अस्पतालमा भर्ना भएका मृतकका कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो’, उनले भने, ‘कोरोना  विशेष अस्पतालमा उपचार भइरहेको थियो, सोमबार मृत्यु भएको हो ।’ डाक्टर पौडेलका अनुसार उनको अन्त्येष्टि तयारी भइरहेको छ । मृतकका श्रीमती उनीसँगै अस्पताल आए पनि उनलाई भने कोरोना नभएको डाक्टर पौडेलले जानकारी दिए।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरी मृत्यु हुनेको संख्या ५ पुगेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.