|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको बताएका छन्। प्रबन्ध निर्देशक घिसिङले अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि स्पष्ट पारे।

बुधबार काठमाडौंमा आयोजित सफलताका लागि प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब केही समय भित्रै लोडसेडिङ अन्त्य हुने घोषणा पनि गरे। उनले अब काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए।

प्राधिकरणले एकपछि अर्को गर्दै देशका विभिन्न सहरमा लोडसेडिङ मुक्त गराउँदै लगेको छ। प्रबन्ध निर्देशक घिसिङले अब लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पारे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.