|

काठमाडौं : पुर्वी नेपाल र काठमाडौं बीचको छोटो दूरीको बिपी राजमार्गमा दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन्। यसै राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मूलकोटको रिठ्ठेभीर पनि त्यही खण्डमा पर्छ।

२०६८ वैशाख २० गते एउटा यात्रुबस रिठ्ठेभीरबाट सुनकोसीमा खसेर दुर्घटना भयो। १३ जनाको घटनास्थलमै ज्यान गयो। सोही दुर्घटनाको पाँच महिनापछि असोज २६ गते सोही ठाउँका त्यस्तै खालको दुर्घटना दोहोरियो। सिन्धुलीबाट राजधानीतर्फ आइरहेको यात्रुबस सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए।

बारम्बार दुर्घटना भएपछि स्थानीयले  दुर्घटना नहोस् भनेर त्यस स्थानमा सप्ताह पुराण लगाए। सीता देवीको मन्दिर वरपर ऐना राख्ने प्रचलन सुरु भयो। यस स्थानमा सडकको भित्तामा जताततै ऐनाहरू राखिएको छ। त्यसपछि भने यस स्थानमा दुर्घटनाको संख्यामा कमी आएको स्थानीय बताउँछन्।

केही दृश्‍य झलक तस्वीरमा :

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.