|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश भएको छ। 

वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हा। शुक्रबारदेखि शुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले आज अबेर यस्तो आदेश गरेका हुन्। 

आदेशमा परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) लाई १ लाख धरौटीमा र ३ जना अभियुक्तलाई साधारण तारेखमा छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए। साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द रहेका छन्।  

यसअघिको आदेशमा दुई जना नाबालकलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भैसकेको छ ।  बहसका क्रममा ५ जना सरकारी वकिल, जाहेरवालाको तर्फबाट २० जना अधिवक्ता र प्रतिवादीहरुको तर्फबाट ७ जना अधिवक्ताहरुले बहसमा सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.