|

स्याङजा : कोरोना महामारीले निम्त्याएको अप्ठ्यारोका बेला भाडा छुट दिने १७ घरबेटीलाई वालिङ उद्योग वाणिज्य संघले सम्मान गरेको छ। 

दैनिक ज्याला मजदुरी गर्ने र घर भाडामा लिएर व्यवसाय गरेपनि कोरोनाका कारण मारमा परेकाहरुलाई भाडा छुट दिने घरबेटी सम्मानित भएका हुन्‌। 

नेपाल सरकारले आह्वान गरेको घरभाडा छुटलाई कार्यान्वयन गरिएको व्यापारीलाई दबाब नभई राहत दिइएको घरधनी पदम ब. खत्रीले बताए। उनले भने, ‘दैनिक ज्याला मजदुरी गर्ने र व्यवसाय गर्ने ६ जनाको परिवारलाई २० हजार बराबरको छुट दिएको छु।’

यो छुट कुनै बाध्यता नभई स्वैच्छिक आह्वान भएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए। एक हजार ८०० जना व्यवसायी आबद्ध रहेको निजी क्षेत्रको संस्था वालिङ उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीलाई लकडाउन समयमा कर्जा तथा किस्ता रकमलाई कडाइ नगर्न समेत अनुरोध गरेको पौडेलले बताए।

उनले भने, ‘समस्यामा परेका व्यवसायीले बैँक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्ने अवस्था छैन, कर्जा बुझाउने म्याद राख्ने र फोन गरेर अनावश्यक झन्झट नदिन समेत बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.