|

बागलुङ : भारतबाट आएर क्वारेन्टाइनमा बसेको धेरै दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो। गर्भमा बच्चा थियो। तर आइसोलेसन जानु नै थियो। पहिलो बच्चा मृत जन्मेको थियो। त्यसकारण उनलाई अब जन्मिने बच्चाबारे चिन्ता स्वाभाविकै थियो। आइसोलेसनमा बस्नुपर्दाको झनै पीडा थपियो।

कोरोना संक्रमण पुष्टि भएको पीडा त छँदै थियो। बागलुङ ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया उनले बुधबार राति दोस्रो सन्तानलाई धौलागिरि अस्पतालको आईसोलेसन कक्षमा जन्म दिइन्। संक्रमण पुष्टि भएको तीनअघि आइसोलेसनमा लगिएकी उनलाई गर्भवती रहेको भन्दै बुर्तिबाङको आइसोलेसनमा नराखी धौलागिरि अस्पताल पठाइयो। 

बुधबार राति ८ बजेपछि आफूलाई व्यथा लागेको उनले जानकारी गराएपछि अस्पतालले रेखदेख गरिरहेको थियो। राती साढे १२ बजे बच्चा जन्माइन्। त्यसपछि उनलाई छुट्टै बर्थिङ कक्ष बनाएर राखिएको प्रसूति विभाग प्रमुख डा. सौगात कोइरालाले बताए। 

‘उहाँ निकै चिन्तामा हुनुहुन्थ्यो, हामीले काउन्सिलिङ गरिरहेका थियौं’, कोइरालाले भने, ‘शल्यक्रियाको समेत तयारीमा थियौं, तर उहाँले नर्मल डेलिभरी चाहनुभयो।’आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको कोइरालाले जानकारी दिए। उनले छोरा जन्माएकी छन्। कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा ल्याएर फेरि संकलन गरिएको थ्रोट स्वाबको उनको नतिजा नेगेटिभ आयो÷आएन जानकारी नआएकाले उनलाई डिस्चार्ज गरिएको थिएन।

बच्चा जन्मिएपछि निकै खुसी छिन् उनी। उनलाई विश्वास छ, ‘अब भने कोरोना रिपोर्ट नेगेटिभ आउँछ।’ स्वास्थ्य अवस्था सामान्य रहेकाले एक÷दुई दिनमा डिस्चार्ज गरिने कोइराला बताउँछन्। भारतबाट सँगै आएका उनका श्रीमानलाई समेत कोरोना पोजेटिभ देखिएको छ। उनी पनि आइसोलेसनमै छन्। दुवै जनाको दोस्रो पटक लिइएको स्वाबको नतिजा नेगेटिभ आएको भए पनि आधिकारिक कागजात भने आइपुगेको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.