|

काठमाडौं : चालूअार्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २८ वटा वाणिज्य बैंकले २१ अर्ब ८ करोड खुद मुनाफा कमाएका छन्। यस वर्षको यो अवधिमा कमाएको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.८१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ३० वटा वाणिज्य बैंकले १४ अर्ब ७६ करोड नाफा गरेका थिए।

यस वर्षको पुस मसान्तसम्ममा ३ वटा वाणिज्य बैंकले साढे एक अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ वटा बैंकको नाफा एक अर्बभन्दा माथि छ। उक्त अवधिमा अन्य वाणिज्य बैंकहरूको मुनाफा पनि उल्लेख्य रूपमा बढेको देखिन्छ । गत वर्ष ग्राण्ड बैंक प्रभुमा र लुम्बिनी बैंक अफ काठमाडौंमा गाभिएका थिए।

बैंकहरूको नाफा बढ्नुको पहिलो कारण पुँजी वृद्धि भएको नेपाल राष्ट्र बैंकका  पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए। गत वर्षसम्म ७०\७५ प्रतिशतसम्म रहेको कर्जा निक्षेप अनुपात समीक्षा अवधिमा बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ। ‘राम्रो’ लगानी भएको र निष्क्रिय कर्जा करिब दुई प्रतिशतसम्म झरेको तथा बचतकर्तालाई थोरै ब्याज दिएका कारण बैंकहरूको नाफा बढेको उनको उनको भनाइ छ।

गत वर्षको पुससम्म जम्मा चार वटा वाणिज्य बैंकले मात्रै एक अर्बभन्दा बढी नाफा कमाउन सफल भएका थिए । यस वर्ष प्रभु र हिमालयन बैंक ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउन सफल भएका थिए। यस वर्ष प्रभु र हिमालयन बैंक ६ महिना महिनामै अर्बभन्दा बढी नाफा कमाउने बैंकहरूको सूचीमा थपिएका हुन् ।

गत पुससम्म नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा साढे एक अर्बभन्द्या माथि छ भने राष्ट्रिय वाणिज्य बैंक, प्रभु र हिमालय बैंकको नाफा पनि एक अर्बभन्दा माथि छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.