|

ओखलढुंगा : ओखलढुंगाका ६ वटा सामुदायिक वनमा आकर्षक पार्क निर्माण गर्न थालिएको छ।  डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाका ६ वटा सामुदायिक वनमा आकर्षक पार्क निर्माण सुरु गरेको हो।

पर्यटन प्रबर्द्धन तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६० लाख बजेटमा लिखु गाउँपालिका ३ को थामपाखा सामुदायिक वन, चम्पादेवी ३ को तोरीवारी सामुदायिक वन, सुनकोसी ८ को देवीस्थान सामुदायिक वन, सिद्धिचरण  ९ को ज्यामिरे सामुदायिक वन, सिद्धिचरण ११ को कालीकादेवी महिला सामुदायिक वन र चिशंखुगढी ३ को जामुने कमेरेपानी सामुदायिक वनका उपभोक्ता समितिसँगको सहकार्यमा पार्क निर्माण गरिरहेको छ।

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पार्क निर्माण गरिरहेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए। पार्क निमार्णको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उनको भनाइ छ। सामुदायिक वनमा निर्माण थालिएका पार्कमा प्रतीक्षालय, रेलिङसहितको सिँढी, बगैँचा लगायतका संरचना निमार्ण भइरहेको छ।

सामुदायिक वनसँगको सहकार्यर्मा  निर्माण थालिएको पार्क निर्माण अन्तिम चरणमा पुर्‍याएको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.