|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दैछन्। आजको बैठकमा नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन्। हिजोको बैठकमा उनी सहभागी नहुँदा आलोचना भएको थियो।

नेकपाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार, अमेरिकी सहयोग परियोजना एमसीसी, नागरिकता संशोधन विधेयक, सरकारका काम, पार्टीको एकीकरणका बाँकी काम लगायतका एजेण्डा तय गरी असार १० गते स्थायी कमिटी बैठक सुरु गरेको थियो। १० गतेको बैठकमा एजेण्डा पेश भएका थिए भने दुई अध्यक्षले आफ्नो भनाइ राखेका थिए।

हिजोको बैठकदेखि स्थायी कमिटी सदस्यहरुले एजेण्डाहरुमाथि आफ्नो धारण राखिरहेका छन्। साथै सरकारको कामप्रति नागरिकमा बढ्दै गएको असन्तुष्टिबारे स्थायी कमिटी सदस्यहरुले हिजो धारणा राख्ने तयारी गरिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा उपस्थित भएका थिएनन्।

ओलीको अनुपस्थितिमा हिजो सीमा क्षेत्रमा रहेका विवादका विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। आजको बैठकमा अध्यक्ष ओली सहभागी भएपछि सरकार र पार्टीसँग जोडिएका विषयमा आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.