|

काठमाडौं : अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ बिहीबार (आज) देखि टेलिभिजनका दर्शकहरुले पनि हेर्न पाउने भएका छन्। उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट अब हरेक बिहीबार बेलुका ८:२० मा प्रसारण हुने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए।

प्रतियोगितामा जजको भूमिकामा भने चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बराल छन्।

देशको कुनाकाप्चामा लुकेर रहेका अभिनयका प्रतिभा प्रस्फुटित गराउने उद्देश्यले सुरु भएको प्रतिस्पर्धा १३ सातासम्म चल्नेछ। बिहीबार प्रसारण हुने पहिलो एपिसोडमा अडिसन राउण्डका झलकहरु देखाइने आयोजकले जनाएको छ। अडिसनबाट छानिने ५० जना प्रतिस्पर्धीलाई टप २५, टप १५, टप ८ हुँदै विजयी छनिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले बताइन्।

अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन्। प्रतियोगिताको विजेतालाई चलचित्र, म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनय गर्ने अवसर दिइनुका साथै नगद पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.