​प्रदेशभर संक्रमितको संख्या २१ सय नाघ्यो, बैतडीमा पनि थपिए २४ जना

|

डडेल्धुरा : सुदूरपश्चिममा शनिबार थप दुई सय २८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो।

शनिबार बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडी २४, अछामका १३, डडेल्धुरा र बझाङका ८÷८ र  कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको हो।

शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने वीर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ। 

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ। कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको छैन भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ। ३० जना संक्रमितमध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन्। 

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार एक सय १४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, डोटीमा तीन सय ४१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बाजुराका दुई सय २१, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भइसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा शुक्रबार २ सय १९ जनामा कोरोना पुष्टि भएको थियो।


बैतडीमा पनि थपिए २४ संक्रमित, जिल्लाभर २ सय ३० पुगे 

बैतडीका २४ जनामा पनि शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

आज थप पुष्टि हुनेमा पञ्चेश्वर गाउँपालिकाका ५ महिला र १२ पुरुष गरेर १७ र सुर्नया गाउँपालिकाका ७ पुरुष रहेका छन्। उनीहरु ८ देखि ४९ वर्ष उमेर समूहका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।
पुष्टि हुने सबै भारतबाट फर्किएका र आरडिटी पोजेटिभ आएका हुन्। उनीहरु सबै क्वारेन्टाइनमा रहेका र छुट्टै आइसोलेट गर्ने तयारी भएको जनाइएको छ।  

योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ। जसमा सिगास गाउँपालिकाका २ जनामा बिहीबार कर्णाली प्रदेशमा संक्रमण पुष्टि भएकाले उनीहरुको तथ्यांक भने नसमेटिएको छैन। जिल्लामा आरडिटी पोजेटिभ आएका ४ सय बढी नागरिकको पिसिआर रिपोर्ट आउन बाँकी छ।  

बैतडीका सबै स्थानीय तहमा कोरोना संक्रमित

जिल्लाका १० वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिइसकेका छन्। २ सय ३० जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

यस्तै शिवनाथ गाउँपालिकाका ४८, सिगास गाउँपालिकाका ३६, दशरथचन्द नगरपालिकाका ३०, दोगडाकेदार गाउँपालिकाका २९, पाटन नगरपालिकाका ११, सुर्नया गाउँपालिकाका १०, डिलाशैनी गाउँपालिकाका ७, मेलौली नगरपालिकाका ५, पुर्चौंडी नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ।  

बैतडीमा अझै पनि १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा रहेका छन्। भारतबाट फर्किएर १४ दिन नपुगेका  र पिसिआर रिपोर्ट नआएकाहरु क्वारेन्टाइनमा बसिरहेका हुन्। 

थाहाखबरका लागि डडेल्धुराबाट प्रकाश पार्की र बैतडीबाट विनोद सिंह विष्टको रिपोर्ट


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.