|

सुनसरी : १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार शुरु हुँदैछ। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा संकटा क्लब काठमाडौं र भारतको दुर्गापुर स्टिल कोलकाता भिड्नेछन्।

प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागी छन्। भारतको युनाइटेड सिक्कीम एफसी, दुर्गापुर स्टील कलकत्ता तथा नेपालका विभागीय टिम सशस्त्रको एपीएफ र नेपाल पुलिस क्लब, संकटा क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही ११, पोखरा फुटबल क्लबका साथै आयोजक धरान फुटबल क्लबका २ टिमको सहभागिता छ। 

फागुन १४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.