सिन्धुपाल्चोक : जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले लामो समयपछि शिक्षक दरबन्दी मिलान, विद्यालय ‘मर्ज’ र तह घटुवा गर्ने निर्णय गरेको छ ।
जिल्लामा हाल प्राथमिकतर्फ १ हजार २ सय ५१ दरबन्दी र ४ सय ५४ राहत, निम्न माध्यमिकतर्फ १ सय ५१ दरबन्दी र २ सय ६८ राहत, माध्यमिकतर्फ एकसय ४१ दरबन्दी र २ सय १ राहत तथा उच्च माध्यमिकतर्फ ३६ राहत गरी २ हजार ४ सय ६६ शिक्षक कार्यरत छन्। निजी स्रोततर्फका शिक्षकहरुको डाटा यसमा उल्लेख छैन।
दरबन्दी मिलानका क्रममा २ सय ७० शिक्षकको सरुवा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। दरबन्दी कट्टा गरिएका विद्यालयमा दरबन्दी थप गरी शिक्षकहरूको व्यवस्थापनसमेत गरिएको शिक्षा अधिकारी घिमिरेले जानकारी दिए।
दरबन्दी कट्टा भए पनि तत्काल अन्यत्र पठाउन समस्या भएकाले ४९ शिक्षकलाई शिक्षा कार्यालयमा नै पुल दरबन्दी कायम गरी प्रायः लाई सम्बन्धित विद्यालयमा र केहीलाई नजिकको विद्यालयमा खटाइएको घिमिरेले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।