|

अछाम : अछाममस्थित क्‍वारेन्टाइनमा बसिरहेका एक पुरुषको मृत्यु भएको छ। रामारोशन गाउँपालिका-५ को कैलाशेश्‍वर घट्टे खेति आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए। असार ९ गते उनको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। असार १३ गते एक्कासि उनको स्वास्थ्यमा स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयलपाटा अस्पतालमा पुर्‍याइएको थियो ।

आकस्मिक कक्षमा उपचारकै क्रममा उनको शनिबार दिउँसो २ बजे मृत्यु भएको हो। मृत्युपछि उनीसँगै परिवारका अन्य २ जना बिरामी कुरुवा समेतको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

उनी मधुमेहका बिरामी थिए। उनले मधुमेहको औषधि लिइरहेको पनि बयलपाटा अस्पतालले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.