|

काभ्रे : नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बास्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताएका छन्। 

जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकद्वारा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित स्मृतिपार्कमा आयोजित स्मृतिसभालाई आज सम्बोधन गर्दै उनले जननेता भण्डारीका विचार र सिद्धान्तका योद्धाका रुपमा रहँदै आउनुभएको बताएका छन्।  

यतिबेला राष्ट्रवादी आन्दोलन चासो र चिन्ताको विषय बनिरहेका बेला जननेताका परिवर्तनकारी विचार मार्गदर्शक भएको बास्कोटाले बताए। 

‘भण्डारीका विचार वर्तमान अवस्थामा पनि उत्तिकै महत्व बनेको छ, उहाँका सिद्धान्त आज पनि समग्र विषयको मार्गदर्शक रहेको छ, जननेता एउटा व्यक्ति मात्रै नभई राष्ट्र रुपान्तरणका योद्धा हुनुहुन्थ्यो।’

जननेताको सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै नभएको उनले बताए। ‘यो ढालिने सालिक हैन, एउटा अविचलित सालिक हो, जो नेपालीका मन मनमा कहिल्यै नढल्ने गरी रहिरहन्छ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.