|

काठमाडौं : एफए कपको सेमिफाइनलको समीकरण पूरा भएको छ। 

आइतबार राति सम्पन्न क्वाटरफाइनलका तीन खेलपछि सेमिफाइनलको समीकरण पूरा भएको हो। यस वर्षको एफए कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल पुगेका छन्।

क्वाटरफाइनलका खेलहरुमा म्यानचेस्टर युनाइटेले नर्विच सिटीलाई २–१ ले पराजित गरेको थियो भने आर्सनलले शेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ। त्यस्तै चेल्सीले लेस्टरमाथि १–० तथा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडमाथि २–० गोल अन्तरले जित हासिल गरेर सेमिफाइनलमा पुगेका थिए। 

अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र चेल्सी खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा आर्सनल र म्यानचेस्टर सिटी खेल्ने भएका छन्। सेमिफाइनलका खेलहरू जुलाई १८ र १९ मा लन्डनस्थित विम्ब्ली स्टेडियममा खेलिने भएको छ। 

त्यस्तै एफए कपको फाइनल खेल भने अगस्ट १ मा हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.