खेलकुद

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

असार १५, २०७७

    काठमाडौं  ः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। 

    आइतबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो। अवे मैदान भएको खेलमा  निकालेको यो जितसँगै रियल मड्रिडले बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ। 

    इस्पानियोलविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे। जितपछि रियाल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ। दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ।

    ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियाल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ।  रियाल मड्रिड सन् २०१२ यता पहिलो पटक ला लिगाको उपाधि होडमा छ। 

    गएराति नै भएका अन्य खेलमा लेभान्तेले रियल बेटिसलाई ४–२ ले हरायो भने भ्यालेन्सिया भिल्लारियलसँग २–० ले पराजित भयो। यस्तै इबरले ग्रानाडालाई २–१ले हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]