संखुवासभा : लकडाउनका कारण समस्यामा परेका खाँदबारी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले २० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ। आरआरएनले वडा नम्बर ९ का ८०० परिवारलाई राहत उपलब्ध गराएको हो।
तुम्लिङटार, कुमालगाउँ, बोहोराटार, बैधेगाउँ, ढुङगेधाराका विपन्न तथा मजदुर परिवारलाई ५०० बोरा चामल, तेल, नुनलगायतका वस्तु सहयोग गरेको आरआरएनका अध्यक्ष हरि तामाङले जानकारी दिए। प्रतिघर एक बोरा चामल, एक किलो नुन र एक लिटर तेल उपलब्ध गराएको छ।
त्यस्तै गरी आरआरएनले खाँदबारी नगरपालिकालाई ३५० बोरा र जिल्ला समन्वय समितिलाई ३५० बोरा चामल उपलब्ध गराएको अध्यक्ष तामाङले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।