|

गुल्मी : गुल्मीमा सोमबार एकै दिन १८ जना कोरोना संक्रमित निको भएका छन्। ​सदुमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा बस्दै आएका १८ जना संक्रमित उपचार पछि निको भएको रेसुङगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिएका छन्‌।

संक्रमणमुक्त भएकाहरूलाई नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बिदाइ गरेका छन्‌। आइसोलेसनबाट बिदा भएकाहरूलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्नका लागि पनि आग्रह गरिएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार जिल्लामा हालसम्म ७९ जना संक्रमित निको भएका छन्।​रेसुङगा नगरपालिकाका ३५, इश्मा गाउँपालिकाका १०, मदाने गाउँपालिकाका १, चन्द्रकोट गाउँपालिकाका १३, धुर्कोट गाउँपालिकाका १, गुल्मीदरबार गाउँपालिकाका ४, रुरुक्षेत्र गाउँपालिकाका ५, मालिका गाउँपालिकाका ४ र सत्यवती ६ गरी कुल ७९ जना संक्रमित उपचारपछि निको भएका हुन्।

जिल्लामा २४६ जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ भने एक हजार ५७७ जना क्वारेन्टाइनमा बसिरहेका छन्‌। जिल्लामा पाँच हजार २५१ जना अट्ने क्षमताका क्वारेन्टाइन बनाइएको थियो। प्रवास र अन्यत्रबाट आएकाहरू क्रमश: घर जान थालेपछि अहिले ती क्वारेन्टाइनहरू बिस्तारै खाली हुँदै गएका छन्। 

जिल्लामा कूल दूई सय ८७ जना संक्रमित फेला परेकामा ७९ जना उपचारपछि निको भएका हुन्। गुल्मीका तीन जना संक्रमितले ज्यान गुमाएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.