|
राष्ट्रियसभामा जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाडौं :  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमाको विषयमा इतिहासले  गाँठो कसेर छोडेकोले समस्या भएको बताएका छन्। राष्ट्रियसभामा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले इतिहासले गाँठो कसेकोले अहिले समस्या भएको बताएका हुन्। 

‘इतिहासले गाँठो नफुकाएर कसेर छोडेको विषय हो।  जो आज हाम्रो काँधमा समस्या समाधान गर्न आइपरेको छ,’ उनले भने, ‘यस विवादले दुई देश बीचको कुनै पनि आयमलाई असर नगर्ने गरी नेपाल सरकार सजग छ।  सजगता दुवैतिरबाट होस भन्ने आग्रह छ।’ 

उनले सीमा विवाद समाधानको लागि भारतसँग सम्पर्कमै रहिरहेको पनि सदनलाई जानकारी गराए। भारतसँगको विवाद कूटनीतिक वार्ताबाटै गर्नुपर्ने र गर्न सकिने उनको दाबी छ। 
‘भारतसँग सम्पर्कमै छौँ। नेपाल सरकार यो समस्याको कुटनीतिक वार्ताबाटै हुन्छ, गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विषयमा द्विविधा छैन,’ उनले भने, ‘कहिलेकाहीँ समय लाग्छ,त्यसमा हामी उपयुक्त समयको पर्खाइमा पनि छौँ। त्यसकारण कहिलेकाहीँ विना कुनै आवेग, उत्तेजना बनाउने प्रयत्न पनि हुन्छन।’ 

उनले कतैबाट पनि प्रभावित नभई समस्या समाधानको गर्न लागेको पनि बताए। ‘कुनै पनि कुराहरूबाट प्रभावित नभइकन हिजो देखिको यो समस्या समाधानको लागि लागिरहेका छौँ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.