|

बर्दिया : केही दिन पहिले नेपाल प्रवेश गरेको सलह कीरा बर्दियामा पनि आइपुगेको छ। गेरुवा गाउँपालिका वडा नम्बर १ बगहीपुरको धान खेतमा सलह देखिएको हो। झण्डै १ सय बिघा जग्गामा सलह देखापरेको प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना बर्दियाका प्रमुख तपेन्द्र बहादुर शाहले जानकारी दिए। 

गेरुव–१ को बगहीपुर र जनकनगरका स्थानीयले मादल र थाल ठटाएर सलह भगाउन थालेका छन्। दिउँसो धान खेतमा सलहको बथान आएको थाहा पाएपछि गाउँलेहरु मादल र थाल ठटाउँदै खेतमा पुगेका थिए। 

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक पर्ने क्षेत्रमा सलह देखापरेको उनले बताए। संख्याको हिसाबले धेरै ठूलो संख्यामा नफैलिएको र सानो–सानो संख्यामा सलह फैलिएको उनको भनाइ छ। अहिले सानो संख्यामा मात्रै सलह फैलिएकाले नियन्त्रणका लागि सजक रहनुपर्ने उनको भनाइ छ। 

बर्दिया प्रवेश गरेको सलह सानो संख्यामा मात्रै भएमा नियन्त्रणमा लिन सकिने र समुदायस्तरबाटै सबै लाग्नुपर्ने उनले बताए। सलह नियन्त्रणका लागि हातले समाउन सकेमा हातले छोप्ने, नभए माछा मार्ने जालको प्रयोग गरेर भए पनि उक्त सलह नियन्त्रणमा लिन सकिने शाहको भनाइ छ। 

उनले प्रत्येक दिन बिहान आफ्नो खेतबारी नियन्त्रण गर्न समेत किसानलाइ आग्रह गरेका छन्। प्रदेश ५ का रूपन्देही, कपिलवस्तु, पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँची, बाँके, बर्दियालगायत जिल्लामा सलह देखिइसकेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.