सार्वजनिक सवारी, जहाज र विद्यालय खुलेनन्

|

काठमाडौं : सरकारले अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यथाअवस्थाको लकडाउनलाई स्वरुप फेरबदल नगरी साउन ७ सम्म लम्ब्याउने निर्णय सोमबार गरेको हो। 

देशभर कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा अहिले कायम लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ। सरकारले कोरोना फैलिन नदिन सामाजिक दुरी र स्वास्थ्यसम्बन्धी सतर्कताका लागि यही स्वरुपको लकडाउनलाई साउन पहिलो सातासम्म पुर्‍याएको हो। 

सरकारले लकडान कडा तथा खुकुलो बनाउने र निश्‍चित जिल्ला र क्षेत्र सिल गर्ने अधिकार प्रदेश सरकारलाई दिइसकेको छ। अब स्थानीय र प्रदेश सरकारले नै कोरोनाको संक्रमणको अवस्था हेरेर लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन्। 

गत चैत ११ देखि देशमा जारी लकडाउनलाई जनस्तरबाट तीव्र विरोध र असन्तुष्टि भएपछि सरकारले असार १ देखि खुकुलो बनाएको थियो । त्यसयता अधिकांश पसल खुलेका छन् भने निजी सवारी पनि जोर विजोर प्रणालीमा चलिरहेका छन्। काठमाडौंका सडकमा त बाक्लो ट्राफिक जाम नै हुने गरेको छ। 

सरकारको यही स्वरुपको लकडाउन अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान मात्रै नियमित भएका छैनन्। त्यसैगरी भाडा निजी सवारी साधन सडकमा गुडेका छैनन्। सरकारले अझैसम्म सिनेमा घर, ठूला सपिङ मल, शैलुन, जिम, पौडी पोखरी, पार्लर र विद्यालय भने खोलेको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.