|
तस्विरहरु : सिरहाको विभिन्न ठाउँमा देखिएको हुलाकी सडकको दूरावस्था

जनकपुरधाम : तराई/मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग केही दिनको वर्षाले नै जर्जर बनेको छ। सिरहा र धनुषाको कैयौं ठाउँमा सडक अवरुद्ध भइसकेको छ।

सडक हिलाम्य भउर मोटरसाइकल समेत गुड्ने अवस्था छैन। हुलाकी सडक भएर एक स्थानीय तहदेखि अर्कोसमम पुग्ने अवस्था छैन। चारपाङ्ग्रे सवारी साधन गुड्न बन्द भएको छ। जबर्जस्ती एक ठाउँबाट अर्को ठाउँ हिँडेका चारपाङ्ग्रे गाडी फसेका छन्। 

ठेकेदार कम्पनीले सडकमा नयाँ माटो लगाएका र वर्षा भएपछि सडक हिलाम्मे बनेको बरियारपट्टी गाउँपालिका–४ सिरहाका अशोक यादवले बताए। सिरहाको औरही–५ स्थित गागन नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ। बाढी आएका बेला आवतजावत पूर्ण रुपमा बन्द हुने गरेको स्थानीय बताउँछन्।

सिरहामा पर्ने करिब ३० किलोमिटर सडक निर्माणको शिलान्यास पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले २०७४ चैत ४ मा गरेका थिए। तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने उक्त सडकखण्ड हालसम्म १० प्रतिशत पनि काम भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.