|

विश्वमा क्रिकेट परिवर्तित हुँदै आएको छ। कुनै जमनामा टेस्टर एकदिवसीय मात्रै प्रतिष्पर्धा हुँदै आएपनि अहिले टी–२० र टी १० सँगै द हन्ड्रेडको कन्सेप्ट समेत आइसकेको छ।  क्रिकेटमा विभिन्न रेकर्डहरू दर्ज हुने गरेका छन्। तर क्रिकेटमा कहिले दर्शकमात्र होइन विपक्षी टिम समेत हैरान हुन्छन्। कारण न खेलाडी आउट हुन्छन् न रन बनाउँछन्। 

विशेष गरेर टेस्ट क्रिकेटमा आवश्यक्ता भन्दा निकै ढिला रन बन्ने गर्दछ। तर विपक्षी टिमलाई नै पट्यार लाग्ने प्रदर्शन ब्याट्सम्यानले गरे भने दर्शकलाई झनै के होला?  विश्वका त्यस्तै पट्यार लाग्दा पाँच खेलाडीले गरेको ब्याटिङको चर्चा गर्न लागिएको छ। 

सर्वाधिक ढिला रन बनाउने खेलाडीको सूचीमा एक नम्बरमा न्युजिल्यान्डका खेलाडी ज्याफ एलाट शीर्ष स्थानमा आउँछन्। उनले २००५–०६ को सिजनमा अकल्यान्डमा पुरै १०१ मिनेट ब्याटिङ गरेर शुन्य रनमा नै अड्किएका थिए। अर्थात उनी डेढ घन्टा बढी क्रिजमा टिके तर खाता खोलेनन्।

त्यस्तै भारतका पुर्व कप्तान तथा अभिनेता सैफ अली खानका बुवा मंसूर अली खानको नाम दोस्रो नम्बरमा आउँछ।  मंसुर अली खानले १९७२–७३  मा मुम्बईमा इंग्ल्यान्डविरुद्ध १०२ मिनेट पिचमा बिताए र केवल ५ रन बनाएर आउट भए।

त्यस्तै इङ्ग्ल्यान्डका क्रिकेटर स्टुअर्ट ब्राडको नामपनि यो सिलसिलामा जोडिएको छ। इंग्लिस ब्याट्सम्यान रन बनाउने मामिलामा अबस्था अनुसार ब्याटिङका लागि माहिर हुन्छन् भन्ने मान्यता रहेको थियो। तर स्टुअर्टले यति ढिला ब्याटिङ गरेकी दर्शकहरुले उठेर मैदान नै छाडेका थिए। 

सर्वाधिक ढिला रन बनाउने खेलाडीमा तेस्रो नम्बरमा आफूलाई उभ्याएका ब्राडले २०१२–१३ मा अकल्यान्डमा भएको खेलमा १३७ मिनेट क्रिजमा रहेर केवल ६ रन मात्रै बनाएका थिए। यो रेकर्डमा अस्ट्रेलियाका दिग्गज ब्याट्सम्यान ड्मियन मार्टिनको नामपनि आउँछ। मार्टिनले १९९३–९४ मा सिड्नीमा दक्षिण अफ्रिकाविरुद्ध १०६ मिनेट ब्याटिङ गर्दै ६ रन बनाएका थिए।

लिस्टको पाँचौ नम्बरमा पनि इंग्लिस ब्याट्सम्यान नै आउँछन्। सन् १९७८–७९ मा मेलबर्नमा अस्ट्रेलियाविरुद्धको खेलमा इंग्लिस ब्याट्सम्यान जी.मिलरले १२३ मिनेट क्रिजमा रहँदै केवल ७ रन मात्रै बनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.