राजनीति

नेकपा स्थायी कमिटी आज

असार १६, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। 

    गत असार १० गते सुरु भएको बैठकमा विभिन्न समसामयिक विषयहरु छलफलका एजेण्डा छन्। कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने आजको बैठक सीमा क्षेत्रमा देखिएको समस्या र समाधान बारेको छलफलमा केन्द्रित हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। केही समयअघि नेपालले भारतसँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको छ। 

    नेपालले नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको छ। यो विषयमा नेकपा स्थायी कमिटीको दोस्रो दिनको बैठकमा छलफल हुँदा कतिपय सदस्यले भारतलाई वार्ताका लागि आग्रह गर्नुपर्ने धारणा राखेका थिए भने कतिपय सदस्यले भारतसँगका विवादित सीमा क्षेत्रमा तारबार गर्नुपर्ने धारणा राखेका थिए। 

    यही बीचमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरी नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको र सरकारबाटै हटाउने चलखेल गर्न लागेको अभिव्यक्ति दिएका छन्। उनको यस्तो अभिव्यक्तिपछि स्थायी कमिटी बैठकमा सीमाको विवाद झनै पेचिलो बन्ने अनुमान गरिएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]