|

काठमाडौं : नेपाल प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित कालिमाटीमा फलफुल व्यवसाय गर्ने भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। 

उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.