|

काठमाडौं :  आज संसद दिवस। विगत वर्षहरुमा विभिन्न कार्यक्रम गरी मनाइँदै आए पनि यस वर्ष भने कोरोना भाइरसको संक्रमणको जोखिमले औपचारिक कार्यक्रम आयोजना गरिएको छैन।

दिवसका अवसरमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संयुक्त रुपमा शुभकामना सन्देश जारी गरेका छन्। 

राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाइ जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको विज्ञप्तीमा जनाइएको छ। 

विक्रम सम्बत २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ। विज्ञप्तिमा संसदीय अभ्यासलाई सुधार गर्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ। जनताका प्रतिनिधिमार्फत शासन संचालन गरिने सर्वोत्तम शासन व्यवस्थाको रुपमा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ। 

संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मुल्य र मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.