|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दैछ। पार्टीको १४ औं महाधिवेशन कार्यतालिका (केन्द्र बाहेक) परिमार्जन गर्न बैठक बस्न लागेको हो।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकबाट केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिवेशन मिति परिमार्जन गरिनेछ।​

यसअघि आइतबार बसेको पदाधिकारी बैठकले पार्टी केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय लिएको थियो। 

गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गर्दै कार्यतालिका तय गरेको थियो। 

पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँ/नगर वडा अधिवेशनबाट कांग्रेसको महाधिवेशन सुरु हुने भनिएको​ थियो। तर, कोरोना भाइरसका कारण सदस्यता वितरणकै काम रोकिएपछि कांग्रेस पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्नुपर्ने स्थितिमा पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.