|

काठमाडौं : लकडाउनका कारण विभिन्न देशमा अलपत्र परेका झन्डै १३ सय जना नेपाली आज  स्वदेश फर्किदैछन्। 

आज मलेसिया, कतार, साउदी अरब, कुवेत र युएईबाट गरी १२ सय ९४ जना नेपाली आउन लागेका नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिए। विहान युएईबाट २६० जना काठमाडौ आएका छन्। 

मलेसियाबाट १५० र कुवेतबाट पनि १५० जना नेपाली स्वदेश आएका छन्। दुवै मुलुकबाट नेपाल एयरलाइन्स मार्फत उनीहरु नेपाल आइपुगेका छन्।  अहिले केहीबेरमा कतारबाट २६० जना आउँदैछन्। दिउँसो साउदी अरबबाट १५४ र कुवेतबाट दुईवटा विमान मार्फत तीन सय भन्दा धेरै नेपाली स्वदेश फर्कने प्रवक्ता पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.