|

काठमाडौं : चीनमा वैज्ञानिकहरुले एउटा नयाँ भाइरस फेला पारेका छन्। 

उक्त भाइरसले पनि महामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूको भनाइ छ। सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ। अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ। 

यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।  यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ। 

संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.