|

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका १० गड्डाचौकी स्थित नेपाल भारत सीमा नाका (दशगजा) क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरिएको छ। 

सीमा क्षेत्रमा सहज रुपमा आवतजावत गर्न सघाउ पुर्‍याउनका लागि सशस्त्र प्रहरीले फोहर व्यवस्थापनको कार्य गरेको हो। 

सीमा नाकालाई सफा सुग्घर बनाउन र फोहोरबाट उत्पन्न हुने संक्रामक रोग लाग्नबाट जोगाउनका लागि सरसफाइको कार्यसँगै फोहर व्यवस्थापनको कार्य गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.