|
तस्बिर : अनुराग शाह

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ। कोरोनामा सरकारी कामकाजबारे कांग्रेसका तर्फबाट अनुगमनको जिम्मा पाएका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानकर्षण गराएको हो।  

महतको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेर पिसिआर विधिबाट कोरोना परीक्षण बढाउन आग्रह गरेको हो। त्यस्तै उनीहरुले क्वारेन्टाइनको व्यवस्थापन सरकारले तयार पारेको मापदण्ड अनुरुपको बनाउन पनि सरकारले दबाब दिएका छन्। उक्त टोलीले स्वास्थ्यमन्त्रीलाई यस्तो महामारीमा मन्त्रीहरुले मात्र नभई विज्ञको सुझाब लिन पनि आग्रह गरेको एन पी साउदले जानकारी दिए। 

‘हामीले आज कोरोना परीक्षण पिसिआर विधिबाट धेरै भन्दा धेरै गर्ने व्यवस्था मिलाउन मन्त्री ज्यूलाई ध्यानकर्षण गरायौँ,’ उनले भने, ‘अहिले प्राय सबै स्थानीय तहहरुमा कोरोना संक्रमित भेटिएका छन। अरु पनि संक्रमित थपिन सक्छन्। त्यसैले ती पालिकाहरुमा सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराउन पनि भनेका छौँ। क्वारेन्टाइन सरकारले बनाएका मापदण्ड अनुरुपको हुनुपर्यो भनेर भनेका छौँ।’  कांग्रेसले संकटको बेला खरिद गरेको स्वास्थ्य सामाग्रीमा पनि अनियमितता गरेको भन्दै त्यसको छानविन गर्न पनि माग गरेको छ।

महतको संयोजकत्वमा स्वास्थ्यमन्त्रीलाई भेट्न मोहन बस्नेत, एन पी साउद, गगन कुमार थापा, चन्द्र भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी मन्त्रालय गएको नेवि संघका नेता अनुराग शाहले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.