राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

फाइल फोटो
असार १६, २०७७

    काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। राष्टपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

    नेकपाकाे जारी स्थायी कमिटी बैठकमा नेपाल भारत सीमा समस्याको बिषयमा छलफल चलिरहेकाे छ। तर, प्रधानमन्त्री ओलीले बालुवाटारमा भएकाे बैठक छलिरहेका छन्।

    प्रधानमन्त्री ओलीले नेपालले नयाँ नक्सा जारी गरेपछि आफूलाई पदबाट हटाउने रणनीति भइरहेकाे अभिव्यक्ति दिएका थिए। तर, बैठकमा नेताहरूले सिमा समस्या समाधानका लागि तत्काल भारतसँग वार्ता बस्नुपर्ने माग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]