नयाँ मोबाइल आएका छैनन्, स्टकका बेच्दै व्यापारी

|

काठमाडौं :  यतिखेर कोरोना  भाइरसको त्रास नभएको भए मुलुकभरका सबै विद्यालय तथा विश्वविद्यालयका  कक्षा कोठामा विद्यार्थी भरिभराउ हुन्थे। सबैजना विद्यालय गएर कक्षा कोठामा विद्यार्थीहरु अध्ययन गरिरहेका हुन्थे। तर, कोरोना भाइरसको त्रासले परिस्थिति बेग्लै हुँदा घरलाई नै कक्षा कोठा बनाएर विद्यार्थी अनलाइनमा पढ्न बाध्य छन्।

लकडाउनको  कारण सार्वजनिक स्थानमा १५ जना भन्दा बढी मानिस भेला हुन नपाउने सरकारले निर्देशन जारी गरेको छ। त्यसैको फलस्वरुप सरकारले सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह गरिसकेको छ।

सन्तानको पढाइ बिग्रिने चिन्ता

अनलाइन कक्षाबाट पढाइ हुन थालेपछि काठमाडौं उपत्यकाको मोबाइल पसलमा विद्यार्थीका अभिभावकको भिड बढन थालेको छ। ताहाचलबाट आएकी न्युरोडको मोबाइल पसलमा भेटिएकी पवित्रा शाक्य कक्षा ४ मा पढ्ने छोराको लागि मोबाइल किन्‍न लागि धाएको दुई दिन भएको छ। उनले भनिन,'छोरीको लागि  अनलाइन कक्षाबाट पढाइ हुने भएकोले मोबाइल खोज्ने आएको हुँ। सस्तो र राम्रो खालको स्मार्ट मोबाइल फोन भेटेको छैन।'

लकडाउनको कारणले नयाँ-नयाँ  मोबाइल चाहेको जस्तो नभेटिएको शाक्यले बताइन्। उनी छोराको स्कुलले अनलाइन कक्षाबाट पढाइ  सुरु गरेकोले थालेकाले मोबाइल किन्न आएकी हुन्। नाम चलेका कम्पनीको मोबाइल बजारमा अहिले नभएकोले मोबाइल किन्‍न लागि दुःख पाइरहेको उनले बताइन्।

छोरीको दैनिक २ घन्टा अनलाइन कक्षा सञ्चालन हुने भएकोले मोबाइल किन्‍न आएको उनले सुनाइन्। लकडाउनको कारणले उनी जस्ता धेरै अभिभावकलाई छोराछोरीको पढाइ के होला भन्ने चिन्ताले सताउन थालेको छ। ताम्रकारको 'जीओनी' मोबाइल सेन्टरमा भेटिएका अनलाइनबाट पढाइ हुन थालेपछि अनन्त कार्की पनि भाइको मोबाइल किन्‍न आएको बताउँछन्।

उनको भाइ यसपालि कक्षा ६ बाट ७ मा गएकोले  घरबाटै अनलाइन पढाइ हुन थालेकाले मोबाइल किन्‍न आएका हुन्। ताम्राकार हाउसमा विभिन्न कम्पनीको मोबाइल छनौट गरेर किन्‍न पाइने भएकोले यहाँ उनले बताए। कोरोना भाइरसको कारणले विद्यालयमा हुने पढाइ घरमा थालेकाले  मोबाइलको खोजी गर्न थालेको उनी  सुनाउँछन्। 

अनलाइन कक्षा सुरु भएपछि मोबाइल खोज्दै 

दैनिक १५ देखि २० जना छोराछोरीको लागि अभिभावक अनलाइन कक्षाबाट पढाइ हुने भन्दै मोबाइल किन्न आउने गरेको ताम्राकार हाउसमा रहेका 'अनर' मोबाइलका बजार प्रतिनिधि किरण श्रेष्ठ बताउँछन्। उनका अनुसार विद्यार्थी, अभिभावक र शिक्षक मोबाइल किन्न आइरहेका छन्।

लकडाउन खुकुलो भएसँगै मोबाइलको माग बढेको र विद्यालयले अनलाइन कक्षाबाट पढाउन थालेकाले मोबाइल किन्न आउनेको संख्या बढेको उनले बताए। 'बजारमा मोबाइलको माग भएपनि पर्याप्त मात्रामा ग्राहकको मागअनुसार पुर्‍याउन सकिरहेको छैनौं,' उनले भने,' लकडाउनको कारणले बजारमा मोबाइलमा बाहिरबाट आउन सकेको छैन। अहिले भएको मोबाइल पनि लकडाउन हुनुभन्दा अगाडि स्टक रहेको मोबाइल हुन्।'

पहिले दैनिक २० वटा मोबाइल बिक्री हुन्थ्यो लकडाउनले गर्दा मोबाइलको बिक्रीमा कमी आएको उनले जानकारी दिए। अधिकांश मोबाइल चीन, हङकङ र भारतबाट आयात हुने गरेको थियो लकडाउनको कारणले विदेशबाट मोबाइलको आयात हुन नसकेको उनको दाबी छ। अबको १ महिनासम्म मोबाइलको यहीँ अनुसार माग रहने हो भने बजारमा मोबाइलको अभाव हुने उनले बताए।

नयाँ मोबाइल छैन, स्टकको बेच्दै

अहिले बजारमा मोबाइलको माग बढ्नुको कारण अनलाइन कक्षा रहेको महाराजगञ्जस्थित  एमएन मोबाइल सेन्टरका सञ्चालक जीवन थापाले बताए। दैनिक जसो १५ जना अभिभावक आफ्ना छोराछोरीसहित पसलमा मोबाइल खरीद गर्न आउने गरेको उनको भनाइ छ।

'१२ हजार मूल्य देखि माथिको मोबाइलबाट अनलाइन कक्षाबाट विद्यार्थीले सहजै पढन सक्छन्,'थापाले भने,' नयाँ- नयाँ मोबाइल बजारमा थोरै आएका छन्। यो समयमा लकडाउन भन्दा अगाडि पसलमा रहेका स्टक मोबाइल बिक्री भइरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.