|

दाङ: अज्ञात समूहको सांघातिक आक्रमणबाट दाङ शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगी  गम्भीर घाइते भएका छन्। मंगलबार बिहान पौने १२ बजेतिर अज्ञात समूहले कार्यकक्षमै आक्रमण गर्दा डाँगीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। 

उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डाँगीलाई  ४÷५ जनाको समूहमा आएका व्यक्तिले दाउरा र रडले आक्रमण गरेका प्रहरीले जनाएको छ। घटनास्थल नजिकै नेकपा विप्लव समूहको पर्चासमेत भेटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए। 

वडाध्यक्ष डाँगीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष कमान सिह डाँगीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.