|

पर्सा : कोरोना भाइरसको विश्व महामारीका कारण नेपालमा पनि लकडाउन गरिँदै आएको छ। गएको चैत ११ गतेबाट नेपालमा पनि लकडाउन सुरु भएको हो। असार १ गतेबाट भने सर्वसाधारणलाई सुरक्षा सतर्कता अपनाएर केही व्यवसाय गर्न अलि सहज बनाउन लकडाउन खुकुलो बनाइएको छ।

अर्को निर्णय नआएसम्म यस्तै खुकुलो लकडाउन आगामी साउन ७ गतेसम्म पनि रहने नेपाल सरकारले जनाइसकेको छ। 

महामारीबाट बच्न दूरी कायम गर्ने र सुरक्षा सतर्कता अपनाउने कुरा संक्रमण फैलिएको हरेक देशले अपनाउनु पर्ने डब्लुएचओले पनि भन्दै आएको छ। नेपाल सरकारले पनि भनेको यति मात्र हो। रोगलाग्नु भन्दा पहिले रोगको बाटो छेक्नु जाति भन्ने उक्ति चलेको पनि यस्तै महामारीबाट बच्न र बचाउनका लागि हो। यो कुरालाई संचारमाध्यमले पनि जरुरी काम नभए सकेसम्म घरभन्दा बाहिर ननिस्कन भनी सूचना जारी गरिरहेका छन्। 

तर, पर्साको सन्दर्भमा भने त्यो सबै कुरा मिथ्या जस्तो छ। कोरोना जेखिम बढी हुने पर्साको वीरगन्जमा महानगरका प्रमुख नै यसको मतलब गर्दैनन्। अनि जनताले सुरक्षा सतर्कता अपनाउनुपर्नेमा महानगरबासीको ध्यान गएको देखिँदैन। 

जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमणको कुनै डर र त्रास छैन यतिखेर। सुरक्षा सतर्कता अपनाउने कुरा हावादारी र भ्रमसरह मात्र छन् यहाँका अधिकांश मानिसका लागि। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.