|
फाइल फोटो

डडेल्धुरा : सुदूरपश्चिममा थप एक जनामा मृत्युको मृत्यु भएको छ। अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका उनको यही असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।

भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको रामारोशन गाउँपालिका ५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसी घर फर्केको ५ दिनमा मृत्यु भएको थियो।

असार ९ गते उनको आरडीटी परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि ७ दिने होम क्वारेन्टाइनमा बस्ने गरी उनलाई घर पठाइएको थियो। असार १३ गते राती एक्कासि उनमा श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याइएको थियो।

मृत्यु पश्चात् उनीसँगै परिवारका अन्य २ जना बिरामी कुरुवासमेतको स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको पोजेटिभ र अन्यको नेगेटिभ नतिजा आएको छ। 

मृतकको आइतबार नै सुरक्षित तरिकाले दाहसंस्कार गरिसकिएको छ। योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.