प्रदेशभर संक्रमितको संख्या २५ सय ३१

|

डडेल्धुरा : सुदूरपश्चिममा मंगलबार ९६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप ९६ जनामा कोरोना पुष्टि भएको हो। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मंगलबार नै बाजुराका १६ महिला र ३२ पुरुषमा कोरोना संक्रमण देखिएको छ। पाटन अस्पतालमा भएको परीक्षणमा डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ भने वीर अस्पतालमा भएको परीक्षणमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

यता धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका ५ का ४४ वर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परीक्षण भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार पाँच सय ३१ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका छ सय ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी बाजुराका चार सय ६५, डोटीमा चार सय ४०, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २९, बैतडीमा दुई सय १८, अछामका एक सय ६८, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ८८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा सोमबार एक सय २६ जना कोरोनामा कोरोना संक्रमण देखिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.