प्रधानमन्त्री ओलीले नै निर्देशन दिएका उपाध्यक्ष वामदेवकाे दाबी

|

काठमाडाैं : नयाँ दल नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थाहाखबरसँग यसबारे पुष्टि गरेका छन्। नेकपा एमाले नामको नयाँ दल दर्ताका लागि झापाकी सन्ध्या तिवारीले सोमबार आयोगमा निवेदन दिएकी थिइन्। ‘हो, हामीकहाँ निवेदन आएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे अध्ययन गरिरहेका छौं, यो प्रारम्भिक निवेदन मात्र हो।’ उनका अनुसार नयाँ दल दर्ताका लागि मतदाता सूचीमा नाम भएका पाँच सय जनाको नागरिकता प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने हुन्छ। 

आयोगमा निवेदन परेको विषयमा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा खैलाबैला भएको छ। आजको यस बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा दल दर्ताको निवेदन परेको दाबी गरेका छन्। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितले प्रधानमन्त्री ओलीलाई दुवैं पदबाट राजीनामा दबाब दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.