|

दाङ : मंगलबार एक जना वडाध्यक्ष सहित दाङमा २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तुलसीपुर उपमहानगरपालिका ७ का वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको हो। मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनमा संक्रमण पाइएको हो। 

उनी सहित तुलसीपुर क्षेत्रका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही वडाका अन्य ४ जना र तुलसीपुर ६ का ५७ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। वडाध्यक्षमा कोरोना पुष्टि भएपश्चात् वडा कार्यालयलाई सिल गरिएको जनाइएको छ। 

संक्रमित वडाध्यक्षले आफूलाई कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको जानकारी दिएका छन्। त्यसैगरी घोराही उपमहानगरपालिकाका ११ जना, शान्तिनगर गाउँपालिकाका ४ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा सल्यानका १ महिला र १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। संक्रमितहरु भारतबाट आएका हुन्। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ८३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.