|

काठमाडौं : हिमालपारिको जिल्ला मुस्ताङका एकजना ८३ वर्षीय कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। 

अघिल्लो साता शनिवार हिमालपारिको जिल्ला मुस्ताङका तीन ८३ वर्षीय वृद्धमा कोरोना सङ्क्रमित पुष्टि भएको थियो। उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा १० दिनसम्म राखेपछि निको भएर घर फर्किएका हुन्। 

स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख टीकाराम भण्डारीका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरोमा रहेको तिब्बतियन क्याम्पमा बस्दै आएका ती ८३ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएका हुन्। ​

गत जेठ ३१ गते काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका ती पुरुषको आरडिटी टेस्टमा पोजेटिभ देखिएका कारण असार १ गते जोमसोममा रहेको आइसोलेसन कक्षमा राखिएको थियो।  

असार २ गते उनको स्वाब सङ्कलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो त्यसपछि पिसिआर रिपोर्टमा पनि कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो। 

उनले उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार दुवै आँखा कमजोर रहेका ती ती पुरुष आफ्नो स्याहार आफैं गर्न सक्दैन थिए। कमजोर शारीरिक अवस्था भएर पनि उनले १० दिन लामो उपचारपछि कोरोनाविरुद्ध जित निकालेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.