|

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका संक्रमित महिला भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत रहेको खुल्न आएको हो। 

ती महिला भक्तपुर क्यान्सर अस्पतालको डे केयर युनिटमा कार्यरत छिन। सो अस्पतालमा उपचार गराइरहेकी एक १४ वर्षीया बालिकामा गत असार १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती बालिकासँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीसहित ३० जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ती महिलामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए।

काभ्रे स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ती महिलालाई उपचारका लागि टेकु पठाएको छ। साथै उनी बस्ने स्थान सिल गरेर कन्ट्याक्ट ट्रेसिङलगायत कार्य भइरहेको छ।
   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.